काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् । गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर…