काठमाडौं । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार…