काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाही रास्वपाको बढ्दो प्रभाव र जनसमर्थन दबाउन सत्तारुढ राजनीतिक दलहरूले गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै भर्त्सना गरेको छ । त्यस्तो षड्यन्त्रविरुद्ध आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा…