काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन् । श्रेष्ठले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख…