२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था मिलाउन आग्रह

काठमाडौं । नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिराबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिराका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् । सङ्घका सभापति भानुभक्त सिग्देलले मंगलबार एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण…