१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम बढ्दो

महोत्तरी । महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ । यसपालि मध्य असारसँगै शुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन । खाल्डैखाल्डा बढेका…