कावासोती । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञा थप गरेको छ । समुदायमा देखिएको कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरेको हो । सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी…