काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर ठिमीकी-४० वर्षकी महिलाको उपचारको क्रममा बिहीबार बिहान दुई बजे निधन भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् । कोरोना संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचार हुँदाहुँदै ज्यान गएको हो ।