बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत कपिवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको ५ घण्टा नपुग्दै कोरोना बिशेष अस्पताल बुटवलमा कपिलवस्तुकै अर्को एकजना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका १ जीतपुरबाट आईतबार लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनीकमा ल्याईएकी ७० वर्षीया महिलामा २४ गते कोरोना पुष्टि भएको थियो ।…