काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आज देशभर विरोध प्रदर्शन गर्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले आज बुधबार सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संघर्षका अन्य कार्यक्रमहरुमा पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल…