१ मंसिर २०८१, शनिबार | November 16, 2024

बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

तनहुँ । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अन्दाजी ४७ वर्षीया…