काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । काठमाडौं बाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । ‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने, “कांग्रेसका सभापति देउवा पर्वततर्फ…