काठमाडौँ । मस्तिष्कघात भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अपरेशन गरिएको छ । मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गरिरहेका जोशीलाई आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ । न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोलीले अपरेशन गरेको हो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको झाले बताए । मस्तिष्कको अति संवेदनशील भागमा जमेको रगतलाई शल्यक्रिया गरेर…