बुटवल । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रालिले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।…