बागलुङ । गलकोट नगरपालिका-१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन । भवन बनेको लामो समय बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा पूरा भएको थियो । कामदारसहित व्यापारी, होटल व्यवसायीसमेतले भुक्तानी नपाएको स्थानीयवासी उमेश विकले बताए…