भूउपग्रहको चित्र हेर्दा हरियाली जंगलमा खैरो रंगको धब्बा जस्तो देखिन्छ । तर, अलि नियालेर हेर्ने हो भने ति धब्बा जंगलमा घुम्दै गरेका हात्तीको बथान भएको प्रष्ट हुन्छ । यी वैज्ञानिक तस्विर वैज्ञानिकहरुले अन्तरिक्षबाट अफ्रिकी हात्तीको संख्या गणना गर्न उपयोग गरेका छन् । यी तस्विरहरु पृथ्वीको सतहबाट ५०० किलोमिटर माथि रहेको भूउपग्रहले खिचेका हुन् । ५…