एजेन्सी । म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती अझै रोकिएको छैन । राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ । प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार…