काठमाडौं । आगामी डिसेम्बरसम्म ६० करोड भारतीयलाई कोरोना विरुद्धको खोपको दुवै डोज लगाइसकिने दावी गरिएको छ । मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने दावीसमेत गरेका छन् । ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ,’ उनको भनाइ छ, ‘खोपको उत्पादन र खोप लगाउने अभियान…