लन्डन । सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजिवन कारावासको सजाय सुनाईएको छ । उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो । न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे…