पाल्पा । पाल्पा- रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको केन्द्रका साथै पर्यटकलाई आकर्षित गर्न समेत सफल भएको हो । धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । हिन्दू धर्मप्रति आस्थावान्, ऐतिहासिक महत्व खोज…