काठमाडौ । कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित यस समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन…