बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा ईञ्जिनियरिङ् एक्स्पो सुरु भएको छ । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेको ईञ्जिनियरिङ् प्रोजेक्टमा आधारित एक्स्पोको सोमबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रिवन काटेर उद्घाटन गर्नुभयो । संगै उहाँले राखिएका स्टलमा अवलोकन गर्नुकासाथै ती प्रोजेक्टका बारेमा जानकारी लिनुभएको थियो । दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर…