१० मंसिर २०८१, सोमबार | November 25, 2024

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४० पुग्यो

काठमाडौ । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोहोर्याएर गरिएको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिनुभयो । यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आएको हो ।