काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सडक उद्घाटन गरेको चार दिन पछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै बोलाएर जानकारी दिएको छ । लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गम्भीर अन्तुष्टि व्यक्त गर्दै भारतीय कदमबारे सोमबार भारतीय राजदूतसँग जानकारी लिनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।…