काठमाडौ । अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ भने दक्षिण बंगालको खाडीको मध्य भागमा उत्पन्न शक्तिशाली समुन्द्री आँधी ‘अम्फुन’ को प्रभाव सुरु भैसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ…