लण्डन । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनाउनुभएको छ। पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी…