काठमाडौं । काठमाडौं कमलादीमा गङ्गोर बुटिक होटल रहेको छ । भारतीय नागरिक सञ्चालक रहेको यो होटलमा सोमबार साँझ नेपालका प्रतिष्ठित भनिएका भीआईपीहरुको जमघट थियो । लकडाउनको बीचमा सरकारले तोकेको सामाजिक दुरी उल्लंघन गर्दै होटलमा बसेका ती व्यक्तिहरु कुनै औद्योगिक व्यापारिक योजनामा थिएनन् । उनीहरु त लामो लकडाउनको तनाबबाट मुक्त हुन बडा रमाइलो वातावरण बनाइरहेका थिए…