नेपालगन्ज । होलीको सुरक्षालाई ध्यानमा राख्दै नेपालगन्जमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सवलाई स्थानीय प्रशासनले एकदिनका लागि रोक लगाएको छ । होलीको निहुमा हुन सक्ने शान्तिसुरक्षा खलललाई नियन्त्रण गर्न भन्दै प्रशासनले मेला संचालनमा एक दिन रोक लगाएको हो । होलीलाई उल्लासमय बनाउन सुरक्षा व्यवस्थालाई सवल सुदृढ तुल्याउन चैत्र १२…