काठमाडौं । लामो समयदेखि हुननसकेको नेपाल भारत परराष्ट्रसचिव स्तरीय वार्ता सम्पन्न भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा भएको वार्ताले दुई मुलुकबीच कुटनीतिक संवादको बाटो समेत खुला गरेको छ । वार्ताको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेलले र भारतको तर्फबाट विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए । वार्ताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छैन ।…