काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा भएको भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै…