१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

मुलुकको बिकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव : पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षि योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मँगलबार बुटवल उपमहानगरको वडा नम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको बिकाससँगै बस्ति व्यवस्थापनको विषयमा आफू सचेत र गम्भिर रहेको बताएका…