१० मंसिर २०८१, सोमबार | November 25, 2024

नयाँ नक्शा अनुसार संघीय संसदको लोगो परिवर्तन हुने

काठमाडौं । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्शा अनुसार संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो ।…