काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समाजवादको भ्रुणलाई समृद्ध बनाएर लैजानुपर्ने अबको दायित्व भएको बताए । उनले विगतको समीक्षा…