काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । तर बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अनुपस्थित भएका छन् । आफु निकट नेताहरुसँगको छलफलपछि यसअघि बैठकमा उपस्थित हुने भएको भनिएका ओलीले आजको बैठकलाई हिजोको पूर्वघोषणा अनुसार बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा प्रधानमन्त्री अनुपस्थित भएको जनाएका…