काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट बहुमत सांसदहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमै फुटिसकेको नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरुले सांसदहरु जिउँदै रहेको भन्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन दिनका लागि माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल…