काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपरले स्पेनको तर्फबाट प्रहार गरिएको तीन पेनाल्टी लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्यो । कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको…