काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार क्युआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका छन् । उक्त कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए । उनले यस्तो प्रणालीले…