काठमाडौं । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा विदेशस्थित नेपाली नियोग तथा निजी क्षेत्रबीच सहकार्यमा जोड हुनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य’ विषयक छलफल कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका…