काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स…