७ आश्विन २०८१, सोमबार | September 23, 2024

उद्योगी व्यवसायीको समस्या बुझ्न व्रिटिस राजदूतावासको टिम बुटवलमा

बुटवल । ब्रिटिस राजदूतावासको टिमले बुटवल उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर उद्योगी व्यवसायीले व्यहोर्नुपरेको समस्याका विषयमा चासो व्यक्त गरेको छ । बुटवलका उद्योगी व्यवसायी भेट्न बुटवल पुगेको राजदूतावासको टिमले बुटवल उद्योग बाणिज्य संघका पदधिकारीहरुसँग छलफल गर्दै त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्यामा चासो राखेको हो । मंगलबार बुटवल पुगेको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा…