जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताए । 'कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन', उनले भने, 'किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन…