काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरुमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र…