३१ चैत्र २०८१, आइतबार | April 13, 2025

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे सबैले समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कमिटीद्वारा आज काठमाडौँमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठीमा उनले संविधान कार्यान्वयनका उपलब्धि र चुनौतीका विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिए । कांग्रेस नेता सिटौलाले संविधान निर्माण भएको आठ…