१३ बैशाख २०८२, शनिबार | April 26, 2025

मन्त्रिपरिषद् बैठक सोमबारसम्म स्थगित

काठमाडौं । आइतबार अपरान्हका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अब बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बताइएको थियो ।