काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ । लुम्बिनीको जितसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्सले प्लेअफ स्थान पक्का गरिसकेका थिए । हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली…