३१ भदौ २०८१, सोमबार | September 17, 2024

क्रिकेट खेलाडी भण्डारीको सफल शल्यक्रिया

काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल भण्डारी अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका…