काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी-टेन लिग खेल्न पाउने भएका छन् । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्ने अवसर पाएका हुन् । सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्ध गरेको हो ।…