२३ भदौ २०८१, आइतबार | September 8, 2024

आज राष्ट्रिय क्रिकेट टोली श्रीलंका जाँदै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार नै विदाइ गरेको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक टोलीलाई खादा लगाएर विदाइ गरेका हुन् । नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ…