काठमाडौं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग बाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् । बुटवल–पोखरा सडक विस्तार, नागढुङ्गा मुग्लिन सडक…