काठमाडौं । माण्डु हाइड्रोपावरले आइतबार भदौ १० गतेदेखि आज बाट सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।…